Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एमाले जनसङ्गठनको नगरकोट घोषणापत्र जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |

भक्तपुर, ७ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ तीन बुँदे नगरकोट घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिका–८ चरेलीस्थित रिसोर्टमा आयोजित कार्यशालामा सहभागी १६० जनाको छलफलपछि घोषणापत्र जारी गरिएको हो । घोषणापत्रमा जनजीविका, शान्तिसुरक्षा, राष्ट्रिय स्वाधीनता तथा सरकारका कामकारबाहीका विषय उल्लेख छ ।

कार्यशालाले खेतीपातीको मुख्य समयमा किसानले रासायनिक मल नपाएकामा दुःख व्यक्त गर्दै तत्काल पर्याप्त मल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । साथै खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न पनि माग गरिएको छ ।

कार्यशालाले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई मुख्य केन्द्रमा राख्दै बागमती प्रदेशका २३ वटै जनसङ्गठन समन्वय संयन्त्रलाई पूर्ण रूपमा सक्रिय र परिचालन गर्ने निर्णय गरेको छ । बागमती प्रदेशका १३ वटै जिल्लादेखि पालिका तहसम्म आवासीय कार्यशाला तथा प्रशिक्षण कार्यक्रम विस्तार गर्ने निर्णयसमेत गरिएको छ ।

कार्यशालामा नेताहरु ईश्वरी रिजाल, रामशरण प्याकुरेल, वाइपी आचार्य, विशाल भट्टराई र प्रदीप ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो ।  कार्यक्रममा पार्टी सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकाल, बागमती प्रदेश अध्यक्ष कैलाश ढङ्गेल तथा केन्द्रीय सदस्यद्वय माधव ढुङ्गेल र भोला पोखरेलको सहभागिता थियो ।

समापन कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रदेश कमिटी उपसचिव एवं संयन्त्र प्रमुख रमेश आचार्यको अध्यक्षतामा कार्यशाला सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan