हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
कैलाली, ११ भदौ : लम्कीचुहा नगरपालिका-४ बस्ने ३३ वर्षीय दिपक सुनारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-४ बस्ने ३२ वर्षीया यमुना सुनार, सोही नगरपालिका-१० बस्ने ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका-३ बस्ने ३२ राम राजेश महतो, कञ्चनपुर बेलौरी नगरपालिका-९ बस्ने ५६ वर्षीय बिरेन्द्र राना र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय भिमा राना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रारम्भिकअनुसन्धानको क्रममा दिपकको श्रीमती यमुना सुनारले प्रेमीसँग मिलेमतो गरी हत्या गर्ने योजना बनाई अमरावती जंगलमा हत्या गरी कर्णाली नदीमा फालेको भन्ने खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
