Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार |

सिन्धुपाल्चोक, १५ भदौः नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक मेला तथा तीर्थयात्रीलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सहायता केन्द्रबाट ७२१ नागरिक लाभान्वित भएका छन् ।

जनैपूर्णिमाका अवसरमा लाग्ने धार्मिक मेलामा देशका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक पुगेको सेनाले जनाएको छ ।

दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा तीर्थयात्राका क्रममा यात्रुलाई स्वास्थ्य समस्या पर्न सक्ने भएकाले उनीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सेनाले सहायता केन्द्र सञ्चालन गरेको थियो ।

गणका अनुसार न्यासिम पार्टीमा ३६१ जना र पाँचपोखरी क्षेत्रमा ३६० जनाले स्वास्थ्य परीक्षण र निःशुल्क औषधिसम्बन्धी सेवा प्राप्त गरेका हुन् । 

यात्राको क्रममा स्वास्थ्य समस्या देखिए तत्काल उपचारको व्यवस्था भएपछि तीर्थयात्री तथा पर्यटकलाई राहत मिलेको स्थानीय सिमिर तामाङले बताउनुभयो ।

“यात्राका क्रममा स्वास्थ्यमा समस्या देखिँदा कहाँ उपचार गर्ने भन्ने चिन्ता हुन्थ्यो । तर बाटोमै स्वास्थ्य सहायता केन्द्र भएपछि तत्काल परीक्षण र औषधि पाउने व्यवस्था रहेछ”, तामाङले भन्नुभयो, “यसले यात्रुलाई निकै सहज बनाएको छ ।” 

स्थानीय पर्यटक व्यवसायी उदय खड्काले दुर्गम क्षेत्रमा हुने धार्मिक यात्राका क्रममा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनु महत्वपूर्ण पक्ष रहेको बताउनुभयो ।

हरेक वर्ष जनैपूर्णिमाका अवसरमा पाँच पोखरीमा लाग्ने मेलामा देशका विभिन्न  स्थानबाट ठूलो सङ्ख्यामा धार्मिक तीर्थयात्री सहभागी हुने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan