Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापामा पाँच लाख नागरिकलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार |
newsabhiyan

झापा, १५ भदौः जिल्लामा जापानिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को सङ्क्रमणबाट छ जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाउँदै बृहत् खोप अभियानको तयारी थालेको छ ।

झापामा यसको सङ्क्रमणदर र मृत्युदर उच्च देखिएपछि सरकारले झापाबाट खोप अभियान सुरु गर्न लागेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख ब्रिजकुमार दासका अनुसार भदौ अन्तिम सातादेखि सञ्चालन हुने अभियानअन्तर्गत जिल्लाका ३० वर्षमाथिका करिब पाँच लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

त्यसका लागि खोप भण्डारण तथा व्यवस्थापनको काम तीव्र पारिएको उहाँले जानकारी दिनुभयो । सामान्यतया १५ वर्षमुनिका बालबालिका यो रोगबाट बढी प्रभावित हुने मानिए पनि झापामा भने ५० वर्षभन्दा माथिका दीर्घरोगीमा पनि सङ्क्रमण र मृत्युदर बढी देखिएको दासले बताउनुभयो ।

उहाँका अनुसार गत असार र साउनमा जिल्लाभर १२ जनामा सङ्क्रमण पुष्टि भएकामा छ जनाको मृत्यु भइसकेको छ । 

सङ्क्रमितमध्ये चार जना निको भएर घर फर्किएका छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ की ५७ वर्षीया महिला, बाह्रदशी गाउँपालिका-३ का ६९ वर्षीय पुरुष, मेचीनगर नगरपालिका-१४ की ५४ वर्षीया महिला, मेचीनगर-८ की ६६ वर्षीया महिला, बिर्तामोड नगरपालिका-२ का ७३ वर्षीय पुरुष र अर्जुनधारा नगरपालिका-१० की ७३ वर्षीया महिला हुनुहुन्छ ।

धानखेत, फोहर र हिलोमा हुर्कने लामखुट्टेले सुँगुर, हाँस, कुखुरा तथा बकुल्ला जस्ता पशुपन्छीबाट जापानिज इन्सेफ्लाइटिसको भाइरस लिएर मानिसमा सार्ने गर्दछ ।

सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको टोकाइबाट बच्न र घर वरिपरि सरसफाइमा ध्यान दिन आग्रह गर्दै स्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan