Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खानेपानी संस्थान, धनगढीको बक्यौता दुुई करोड ५१ लाख

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस)

धनगढी, १६ भदौः नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२÷०८३ को असार मसान्तसम्म उठाउन  बाँकी बक्यौता रु दुुई करोड ५१ लाख पुगेको छ ।

खानेपानी संस्थान धनगढीका प्रमुख रामचन्द्र लामिछानेले निजीबाट रु दुई करोड १६ लाख १० हजार नौ सय ४७  र सरकारीबाट रु ३५ लाख ४५ हजार नौ सय ५४ असुल गर्न बाँकी रहेको जानकारी दिनुभयो । 

संस्थानले धनगढी उपमहानगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा दैनिक एक करोड ३० लाख लिटरपानी वितरण गर्ने गरेको छ । कूल ११ हजार तीन सय ३९ जना सेवाग्राहीले उक्त पानी उपभोग गर्ने गरेका छन् । संस्थानले खानेपानी उपभोग गरेबापत मासिक न्युुनतम  रु एक सय १० शुल्क असुल गर्दै आएको छ ।  

त्यसैगरी, नेपाल खानेपानी संस्थान, धनगढीले गत आर्थिक वर्षमा विभिन्न राजस्व शीर्षकबाट जम्मा रु छ करोड ३२ लाख २८ हजार सात सय ३४ दशमलब ९१ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो । 

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा रु पाँच करोड ७२ लाख ३८ हजार आठ सय ५७ दशमलव ३४ राजस्व सङ्कलन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १० दशमलव ४६ प्रतिशतले राजस्व वुद्धि भएको पाइन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan