Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |
newsabhiyan

काठमाडौं, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनिय बाढीका कारण भएको जनधनको अपुरणिय क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत रू.५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ।

बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग प्रस्तुत गरेको जनाएको छ।

यस दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ, साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan