ज्योतिपुञ्ज एजुकेशनल ग्रुपद्वारा तीन लाख आर्थिक सहयोग
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |
घोराही (दाङ), १६ भदौ : भोटेकोशी बाढीपीडितबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ज्योतिपुन्ज एजुकेशनल ग्रुप, दाङले रु तीन लाख तीन हजार ३३ आर्थिक सहयोग गरेको छ ।
ग्रुपअन्तर्गत ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङ्िलश स्कुल रामपुरका शिक्षक, कर्मचारी, विद्यार्थी र दुवै विद्यालयले रु तीन लाख तीन हजार ३३३ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको ग्रुपका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभएको छ ।
