Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमगिरिद्वारा बाढीपीडितका लागि ७० लाख बराबरको सरसफाइका सामग्री सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |

काठमाडौँ, १६ भदौः मोरङको हिमगिरि हाइजिन लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि रु ७० लाख मूल्य बराबरको सरसफाइका सामग्री सहयोग गर्ने जनाएको छ ।

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्का कारण स्वास्थ्य सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले कम्पनीले व्यक्तिगत तथा घरायसी सरसफाइका सामग्री सहयोग गर्ने घोषणा गरेको हो । 

जाजू ग्रुपका अध्यक्ष एवं वरिष्ठ उद्योगी महेश जाजूले बाढी प्रभावित क्षेत्रका सर्वसाधारणमा स्वास्थ्य सङ्क्रमण नहोस् भनेर उद्योगले करिब रु ७० लाख रकम बराबरको साबुन, डिटर्जेन्टलगायत व्यक्तिगत तथा घरायसी सरसफाइका अत्यावश्यक सामग्री प्रभावित परिवारलाई उपलब्ध गराउने बताउनुभयो ।

देवनारा ग्रुप तथा जाजू ग्रुपअन्तर्गत हिमगिरि हाइजिन लिमिटेड सञ्चालित छ । उहाँले सरसफाइका समान ट्रकबाट प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोषमार्फत वितरण गर्नका लागि काठमाडौँ पठाइएको काठमाडौँमा पठाइएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan