Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमालयन बैंकद्वारा रसुवा बाढी पिडितहरुको सहायताको लागि आर्थिक सहयोग प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |
newsabhiyan

काठमाडौं, १६ भदौ । हिमालयन बैंक लिमिटेडद्वारा भदौ १० गते बिहान रसुवा जिल्ला भई बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्य्रान सहितको बाढीबाट भोटेकोशी र त्रिशुली नदी किनारका तथा अन्य प्रभावितहरुको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रभावितहरुको उद्दार, सहायता तथा पुनस्र्थापनाका लागि रु. ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । 

उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले बैंक तथा बैंक परिवारहरुलाई अत्यन्तै मर्माहित बनाएको छ र यस दुःखद घडीमा प्रभावित सबैमा धैर्य धारण गरी आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न बैंक सम्बन्धित सबैमा आग्रह गर्दछ ।

बैंक यस विपद्को समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्दछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan