Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोलम्बियामा भएको आक्रमणमा २० जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस-एएफपी)

बोगोटा (कोलम्बिया), १६ भदौ : कोलम्बियाकोे विद्रोही नियन्त्रित क्षेत्रमा नवगठित सरकारको आदेशपछि भएको बम आक्रमणमा कोलम्बियामा २० जना छापामारहरुको मृत्यु भएको कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले  बताउनुभएको छ । 

उहाँले आक्रमणमा २० जना नार्को–आतङ्ककारीहरुको मृत्यु भएको पुष्टि गर्दै पाँच जनालाई पक्राउ गरेको तथा दुई जना नाबालिकालाई उद्धार गरेको सामाजिक सञ्जाल एक्समार्फत जनाउनुभएको हो । 

दक्षिणी कोलम्बियाको ग्वाभियरेमा सोमबार भएको उक्त अपरेसन इभान मोर्डिस्को भनेर चिनिने कोलम्बियाको ‘मोस्ट वान्टेड’ विद्रोहीको कमान्डमा रहेका गुरिल्लाहरू विरुद्धको अपरेसन भएको जनाइएको छ ।

उहाँले लागुऔषध तस्करी, अवैध खनन र जबरजस्ती असुलीबाट वित्त पोषित सशस्त्र समूहहरू विरुद्ध चलाएको सैन्य कारबाहीको क्रममा उनीहरुको मृत्यु भएको बताउनुभएको छ । 

यो आक्रमण अगस्तको सुरुमा भएका गुरिल्लाहरू विरुद्ध दुई घातक हवाई आक्रमणहरू पछिको आक्रमण हो ।

मोर्डिस्को सेन्ट्रल जनरल स्टाफ (इएमसी) विद्रोही समूहका नेता हुन्, जुन दक्षिण अमेरिकी राष्ट्र कोलम्बियामा सबैभन्दा ठूलो गैरकानुनी सशस्त्र समूहहरू मध्ये एक हो । जसले पछिल्लो दशकमा  खराब हिंसाको सामना गरिरहेको छ ।

सन् २०१६ को शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि इएमसी अहिले निष्क्रिय रहेको रिभोलुसनरी आर्मड फोर्सेज अफ कोलम्बिया (एफएआरसी) बाट अलग भएको जनाइएको छ ।  

फरेन्सिक अधिकारीलगायतका स्रोतहरुले गत हप्ता हवाई आक्रमणमा मारिएका मध्ये चार जना नाबालिग रहेको बताएका छन् । 

सशस्त्र समूहहरूले सामाजिक सञ्जाल अभियानमार्फत बालबालिका र किशोरहरूलाई हिसांत्मक क्रियाकलापमा समावेश गरिरहेको अधिकार समूहहरूले चेतावनी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan