Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्युयोर्कमा छुरा प्रहार, एक जनाको मृत्यु, एक घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस\क्यूएनए)

वासिङ्टन, १६ भदौ : न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा एक जना महिलाको मृत्यु हुनुका साथै एक जना पुरुष छुरा प्रहारबाट घाइते भएको प्रहरीले बताएको छ ।

न्युयोर्ककी प्रहरी आयुक्त जेसिका टिस्चले आक्रमणको वर्णन गर्दै क्वीन्स निवासी ४९ वर्षीय संदिग्धले रूपमा दुई जनालाई छुराले प्रहार गरेको बताउनु भएको छ ।
 
अधिकारीहरूले उक्त घटना आतङ्कवादसँग सम्बन्धित भएको कुनै सङ्केत नभएको बताएका छन् । 

संदिग्धले पहिले वेस्ट ४१ स्ट्रीट र सेभेन्थ एभिन्यू नजिकै ६८ वर्षीय ती व्यक्तिलाई छुरा प्रहारको करिब २० सेकेन्डपछि ३२ वर्षीया महिलाको पेटमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । दुवै पीडितलाई उपचारका लागि बेलेभ्यु अस्पतालमा लगिएको तथा महिलाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ  भने घाइतेको उपचार भइरहेको छ । 

त्यसपछि संदिग्ध वन टाइम्स स्क्वायर नजिकैको एनवाइपीडी सबस्टेशन तिर भागेपछि अधिकारीले उनलाई बारम्बार छुरी फाल्न आदेश दिँदा पनि नमानरे छुरी समातेर अधिकारीतर्फ अघि बढेपछि, प्रहरी अधिकारी संदिग्ध विरुद्ध गोली चलाउन बाध्य भएको जनाइएको छ । 

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका संदिग्धको बेलेभ्यु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

न्युयोर्क सहरका मेयर जोहरान ममदानीले प्रहरीले गोली हानाहानको अनुसन्धान गरिने बताएको छ भने अधिकारीहरूले छुरा प्रहारको कारण र उद्देश्यको अनुसन्धान जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan