Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास बनाउन साझेदार संस्थाबाट प्रस्ताव आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |
newsabhiyan

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास (Transitional Shelter) निर्माण गर्न इच्छुक साझेदार संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ।

प्राधिकरणले सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित स्थानीय तहमा रहेका प्रभावित परिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डअनुसार Transitional Shelter निर्माण गर्न इच्छुक साझेदार संस्थालाई प्रस्ताव पेश गर्न आग्रह गरेको हो।

प्रस्ताव पेश गर्दा सम्बन्धित संघसंस्थाले आफूले निर्माण गर्न चाहेको अस्थायी आवासको संख्या, निर्माणस्थल र सम्बन्धित स्थानीय तहको नाम स्पष्ट खुलाउनुपर्नेछ। त्यस्तै, निर्माण कार्य सुरु गर्ने अनुमानित मिति र सम्पन्न गर्ने समयसीमासहितको विस्तृत कार्ययोजना पनि प्रस्तावमा समावेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

यसअघि बाढी प्रभावित क्षेत्रमा Transitional Shelter निर्माणका लागि कुनै सम्झौता भएको भए त्यसको विवरणसमेत प्रस्तावमा उल्लेख गर्नुपर्नेछ।

प्राधिकरणका अनुसार इच्छुक साझेदार संघसंस्थाले शहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय गरी अस्थायी आवास निर्माण गर्नुपर्नेछ।

अस्थायी आवास निर्माण गर्न इच्छुक संघसंस्थाले सूचनामा उल्लेखित विवरणसहित सात दिनभित्र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा प्रस्ताव पेश गर्नुपर्नेछ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan