Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ, ‘डिजे’ बजाउने पाँच जना पनि नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |

वीरगञ्ज (पर्सा), १ मङ्सिरः प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा बाल सुधार गृह, वीरगञ्जबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदीलाई पक्राउ गरेको छ ।

    विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ कालिका मन्दिर बस्ने २२ वर्षीय परिवर्तित नाम वीरेन्द्रनगर (एल) लाई पक्राउ गरेको हो । उनलाई वीरगञ्ज महानगरपालिका–४ मालपोत चोकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

    सुर्खेत जिल्ला अदालतमा अप्राकृतिक मैथुन र बाँके जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई १२ वर्ष छ महिना कैद र रु २५ हजार जरिवाना तोकिएका उनी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका थिए ।

    यसैगरी, प्रहरीले सार्वजनिकस्थलमा ठूलो आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण तथा शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

    वीरगञ्ज महानगरपालिका–१७ केहुनिया बर्वास्थित तिलावे पुलको छठघाटमा ठूलो आवाजमा डिजे बजाई अशान्ति फैलाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पर्साका रोशन पटेल, चन्दन पटेल र पृथ्वी कार्की तथा बाराका दिनेश पटेल र मञ्जुर हवारी रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan