Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस/सिन्ह्वा)

काबुल, २१ साउन : पाकिस्तानका विभिन्न कारागारहरू बाट रिहा भएका ३२५ जना अफगान आप्रवासी कैदी बन्दीहरू अफगानिस्तान फर्किएको जनाइएको छ । शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम ’टोलोन्युज’  ले बिहीबार यो जानकारी सम्प्रेषण गरेको हो ।

पाकिस्तानी हिरासतबाट मुक्त भए पछि उनीहरू तोरखम र स्पिन बोल्दाक  सीमा नाका हुँदै स्वदेश प्रवेश गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

स्वदेश फर्कनेहरूमा विभिन्न कारणले  फरक–फरक अवधिसम्म पाकिस्तानका कारगारमा  राखिएका परिवार, बालबालिका तथा एकल व्यक्तिहरू रहेको जनाइएको छ ।

स्वदेश फर्किएकाहरूलाई उनीहरूको गृह क्षेत्रमा पुग्नु अघि आगमनका क्रममा विभिन्न साझेदार संस्थाहरूबाट अत्यावाश्यक तथा आधारभुरत सहयोग उपलब्ध गराइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan