Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गैर–परमाणु सिद्धान्तसम्बन्धी प्रधानमन्त्रीको धारणा अस्पष्ट भएको भन्दै ताकाइचीको आलोचना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस/सिन्ह्वा)

पश्चिमी जापानी शहर हिरोसिमामा अमेरिकी परमाणु बम आक्रमणको ८१औँ वर्षको स्मरण गर्दै बिहीबार एउटा भब्य कार्यक्रम गरिएको छ ।

जापानी प्रधानमन्त्री सानए ताकाइचीले समारोहमा सहभागी स्मृति सभालाई सम्बोधन गर्नुभएको छ । 

समारोहमा दिएको सम्बोधनमा ताकाइची जापानका लामो समयदेखि रहेका तीन गैर–परमाणु सिद्धान्तप्रति उल्लेखनीय रूपमा अस्पष्ट रहेको र देशले ती सिद्धान्तहरू पालना गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्न नसकेको सभामा उपस्थित सहभागीले प्रतिक्रिया दिएका छन् । 

जापानको मैनिची शिम्बुनले रिपोर्ट गरेअनुसार ताकाइचीले जापानले तीन गैर–परमाणु सिद्धान्त पालना गर्ने भने पनि उहाँको शब्दचयन अघिल्ला प्रधानमन्त्रीहरूको भन्दा सूक्ष्म रूपमा फरक थियो । उहाँले भविष्यमा जापानले ती सिद्धान्तहरू कायम राख्ने स्पष्ट रूपमा उल्लेख नगर्नुभएको थिएन । 

रिपोर्टले प्रधानमन्त्री नजिकका स्रोतलाई उद्धृत गर्दै भनेको छ, “यदि सरकारले तीन गैर–परमाणु सिद्धान्त संशोधन गर्ने विचार गर्छ भने कुनै औपचारिक संशोधन नभएसम्म यसको स्थिति ‘वर्तमान अवस्थामा रहेको जस्तो कायम’ रहनेछ, जसले ताकाइचीको शब्दचयनले केवल हालको स्थिति वर्णन गर्छ । यसले जाने बुझेर गरिएको सङ्केत गर्दछ ।

क्योदो न्युजले विपक्षी सेन्ट्रिस्ट रिफर्म एलायन्सका नेता जुन्या ओगावालाई उद्धृत गर्दै भनेको छ, “ताकाइचीले तीन गैर–परमाणु सिद्धान्त उल्लेख गरे पनि उहाँको टिप्पणी केवल हालको स्थितिको व्याख्या थियो र गैर–परमाणु सिद्धान्त कायम राख्ने दृढ प्रतिबद्धता थिएन।”

विपक्षी डेमोक्रेटिक पार्टी फर द पिपुलका नेता युइचिरो तामाकीले ताकाइचीले केवल सरकारको लामो समयदेखिको स्थिति दोहो¥याएको बताउनुभयो । 

समारोहपछिको पत्रकार सम्मेलनमा ताकाइचीले देशका तीन प्रमुख सुरक्षा दस्तावेजहरूको संशोधनमा तीन गैर–परमाणु सिद्धान्त कायम राखिने कि नराखिने स्पष्ट रूपमा बताउन अस्वीकार गर्नुभयो । 

उहाँले भन्नुभयो, “वर्षको अन्त्यअघि दस्तावेजहरू संशोधन गर्ने काम भइरहेकाले अन्तिम शब्दचयनबारे टिप्पणी गर्न अझै हतार हुनेछ ।”

कोबे शहरकी जापानी बासिन्दा आयुमु ताकेशिताले समारोहपछि सञ्चारकर्मीसँग भन्नुभयो, “मलाई जापानले परमाणु हतियार राख्नु राम्रो लाग्दैन । रक्षामन्त्री शिन्जिरो कोइजुमीले परमाणुसम्बन्धी मुद्दाहरू छलफलमा ल्याउनुपर्ने आह्वान पनि पूर्ण रूपमा अस्वीकार्य छ ।

जापानका तीन गैर–परमाणु सिद्धान्तले जापानी भूमिमा परमाणु हतियार राख्न, उत्पादन गर्न वा भित्र्याउन निषेध गर्छ । सन् १९७१ मा जापानी संसद्ले औपचारिक रूपमा अघि सारेको देशको परमाणु नीति त्यसयता एउटा आधारशिला बनेको छ ।

केही जापानी सञ्चारमाध्यमले यसअघि ताकाइची प्रशासनले यस वर्षपछि देशका तीन प्रमुख सुरक्षा दस्तावेजहरूको योजनाबद्ध संशोधनको अंशका रूपमा जापानमा परमाणु हतियार भित्र्याउन नदिने सिद्धान्त संशोधन गर्ने विचार गरिरहेको रिपोर्ट गरेका थिए । 

जुलाईमा कोइजुमीले अनलाइन कार्यक्रममा सार्वजनिक रूपमा भन्नुभएको थियो, “जापानले परमाणुसम्बन्धी नीतिहरू बिना कुनै वर्जित छलफल गर्नुपर्छ। यी घटनाक्रमहरूले जापानी समाजमा निरन्तर चिन्ता बढाएका छन् ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan