Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने 

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस/सिन्ह्वा)

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन आयोगले बिहीबार घोषणा गरेको छ ।

आयोगका वरिष्ठ सचिव अख्तर अहमदले ढाकामा पत्रकार सम्मेलनमा यो घोषणा गर्दै नामाङ्कन पत्र अगस्ट १३ सम्म बुझाउनुपर्ने बताउनुभयो । 

उहाँले राष्ट्रपतीय चुनावका लागि संसद् सचिवालयबाट ३५० सांसदहरू समावेश भएको मतदाता नामावली आयोगले पहिले नै प्राप्त गरिसकेको बताउनुभयो । 

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीन चुप्पुले जुलाई २४ मा गम्भीर बिरामी रहेको कारण देखाउँदै बङ्गलादेशको संसद््का सभामुख हाफिज उद्दीन अहमदलाई पत्र बुझाएर राजीनामा दिनुभएको थियो । 

संसद् सचिवालयले त्यसपछि सञ्चारमाध्यमलाई उहाँको राजीनामापछि संसद््का सभामुख हाफिज उद्दीन अहमदले संविधानअनुसार राष्ट्रपतिको कार्यभार सम्हाल्न सुरु गर्नुभएको जानकारी गराएको थियो । 

बङ्गलादेशको संविधानअनुसार सांसदहरू नै राष्ट्रपतीय चुनावका मतदाता हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan