Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मधेस प्रदेशमा रगतको अभाव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार |

जनकपुरधाम, २८ साउनः रक्तदान गरेपछि कमजोर भइन्छ भन्ने नकारात्मक सोचका कारण मधेस प्रदेशमा रगतको अभाव देखिन थालेको छ ।
  
    मधेस प्रदेशमा रगतको अभाव देखिएपछि आज जनकपुरधाममा  रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरधाम, उपमहानगरपालिका वडा नं १७ ले आज रक्तसञ्चार केन्द्रको समन्वयमा खुला रक्तदान कार्यक्रमको आयोजन गरेको हो ।  

    अन्तरराष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको उक्त खुला रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गर्नुभएको  छ । रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । 
    रास्वपा मधेस प्रदेश सङ्गठन विभाग उपप्रमुख अम्बुप्रसाद साहले सङ्कलन भएको रगत मधेस प्रदेश रक्तसञ्चार केन्द्रमा बुझाइने बताउनुभयो । 

    नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पङ्कज महतोले एक सातादेखि रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको जानकारी दिनुभयो ।
  
    “रक्तसञ्चार केन्द्रमा एक÷दुई पोका मात्र रगत छ, तर दैनिक ४०/५० जना बिरामी रगतका लागि आउने गरेका छन्”, अध्यक्ष महतोले भन्नुभयो, “बिरामीहरु जसरी पनि दिनुप¥यो भन्दै आउँछन्, तर रगत नभएपछि समस्या भइरहेको छ ।” 

    रक्तदाताको अभाव भएपछि मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामअन्तर्गतको प्रदेश रक्तसञ्चार केन्दमा पनि रगतको अभाव हुन थालेको छ । 

    मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा नागेन्द्र यादवका अनुसार प्रदेश रक्तसञ्चारमा हाल जम्मा ३० पोका रगत रहेको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan