Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस)

गण्डकी, ३० साउनः गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न यतिबेला गृहजिल्ला गोरखामा हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का नागरिकका घरदैलोमा पुगी उहाँले स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा छलफल गर्नुभएको हो । 
    
    शुक्रबार गोरखा आइपुग्नुभएका गृहमन्त्री गुरुङले विकास आयोजनाको अनुगमनसहित जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताउनुभयो । “गृहमन्त्रीको कुनै औपचारिक कार्यक्रम छैन, निर्वाचन क्षेत्र भ्रमणका सिलसिलामा आउनुभएको हो”, उहाँले भन्नुभयो, “नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिरहनुभएको छ ।”

    शनिबार भीमसेन थापा गाउँपालिकाका स्थानीयवासीले सुकुमवासी व्यवस्थापन, नदी डुबानको समस्यालगायत विषय उठाएका थिए । गृहमन्त्री गुरुङले स्थानीयवासीका समस्या र गुनासा समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको थियो । सडक पूर्वाधार, खानेपानी, विद्युत्, सुरक्षा, रासायनिक मल अभाव, विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा गृहमन्त्री गुरुङ र स्थानीयवासीबीच छलफल भएको थियो । 

    भेटघाटका क्रममा उहाँले नागरिकले भोग्दै आएका समस्या पहिचान गरी सम्बन्धित निकार्यमार्फत यथाशक्य छिटो समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गृहमन्त्री गुरुङले शान्ति सुव्यवस्था कायम गर्दै राज्यका सेवासुविधा छिटो, छरितो र पारदर्शी ढङ्गले नागरिकसम्म पुर्‍याइने बताउनुभयो । गृहमन्त्री गुरुङ आइतबारसम्म आफ्नो निर्वाचन क्षेत्रमा रहने जनाइएको छ ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan