Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जाजरकोटमा पहिरोले घर पुरिँदा दुई बेपत्ता, दुई घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार |

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ खारुलामा शनिबार साँझ पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
पहिरोमा परी ५४ वर्षीया उमा सिंह खत्री र उनकी ८३ वर्षीया आमा रति खत्री बेपत्ता भएका हुन्।

यस्तै, सोही वडाको रिसाङमा पहिरोमा परी ६० वर्षीय रामबहादुर शाही गम्भीर र ४५ वर्षीय सिद्धिबहादुर कामी मध्यम घाइते भएका छन्। दुवैलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएकोमा शाहीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।

प्रारम्भिक विवरणअनुसार रिसाङ–खारुलामा एक, गैरीगाउँमा चार र चिसापानीमा तीन गरी जम्मा आठवटा घर पहिरोले पुरिएका छन्। डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोट र नेपाल प्रहरीको संयुक्त टोली खटाइएको छ। तर पहिरोका कारण टोली घटनास्थलसम्म पुग्न सकेको छैन।

घटनास्थलमा उद्धार कार्य प्रभावित भएकाले अन्य मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan