Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस)

कञ्चनपुर, ३० साउनः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु विष्टको आज नदीमा डुबेर मृत्यु भएको छ ।
    
    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले स्थानीय सुनबरा नदीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको जानकारी दिनुभयो । बालिकाको शव  अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षण भइरहेको बताउँदै प्रहरी निरीक्षक विष्टले शव परिवारको जिम्मा लगाइने बताउनुभयो ।
    
    त्यसैगरी, शुक्रबार महाकाली नदीको शारदा ब्यारेक (बनबासा पुल) बाट हाम फालेर बेपत्ता भएका दार्चुलाका २७ वर्षीय सुनीलसिंह खत्रीको अवस्था अझै अज्ञात रहेको छ । 

    इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङले महाकाली नदीमा खत्रीको खोजी जारी रहेको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan