Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गुरहीले थारू समुदायको संस्कृति र प्रकृतिसँगको गहिरो सम्बन्ध झल्काउँछः मन्त्री चौधरी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार | (रासस)

    काठमाडौँ, १ भदौः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले गुरही पर्व थारू समुदायको संस्कृति, परम्परा र प्रकृतिसँगको गहिरो सम्बन्ध झल्काउने मौलिक पर्व भएको बताउनुभएको छ । गुरही पर्वका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले गुरही अर्थात् गाइने कीराको पूजा गर्ने परम्पराले थारू समुदाय प्रकृतिमा रहेका हरेक जीवप्रति सम्मान र संरक्षणको भावना राख्दै आएका बताउनुभयो ।

    गाइने कीरा पारिस्थितिक प्रणालीका लागि महत्त्वपूर्ण र लाभदायक जीवका रूमा रहेका उल्लेख गर्दै मन्त्री चौधरीले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गाइने कीराले मानिसलाई हानि पुर्‍याउने तथा रोग सार्न सक्ने विभिन्न साना कीराहरू नियन्त्रणमा सहयोग गर्ने भएकाले कृषि, स्वास्थ्य र वातावरणीय सन्तुलनमा यसको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले नयाँपुस्तालाई मौलिक संस्कृति, सामाजिक सद्भावबारे ज्ञान प्रदान गर्नुपर्नुमा जोड दिनुभयो ।

    संस्कृति र परम्परालाई संरक्षण गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हाम्रो संस्कृतिले प्रकृतिमा रहेका हरेक जीवको सम्मान गर्न सिकाउँछ । गुरही पर्वमा गाइने कीराको पूजा गर्ने परम्परा हाम्रो प्रकृतिप्रतिको सम्मान र संरक्षण चेतनाको उत्कृष्ट उदाहरण हो ।” मन्त्री चौधरीले प्रकृति तथा जैविक विविधतासँग जोडिएको गुरही पर्वको संरक्षणमा जोड दिँदै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, प्रकृति संरक्षण र सामाजिक सद्भावबारे ज्ञान तथा चेतना प्रदान गर्न आवश्यकता औँल्याउनुभयो ।

    गुरही पर्व थारू समुदायको मौलिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्व भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैले योगदान गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले गुरही पर्वले थारू समुदायमा आपसी एकता, सद्भाव र भाइचारा अझ मजबुत बनाउँदै प्रकृति संरक्षणको सन्देश फैलाउन सफलताको कामना गर्नुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan