Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)
newsabhiyan

हेटौँडा, २ भदौः मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो । 

घाइते हुनेमा जिल्ला अदालत पर्साका मुख्य न्यायाधिश  गोकर्ण डाँगी, रजिस्ट्रार र  तारादत्त बडु, बडुको श्रीमती ४९ वर्षीया लक्ष्मी बडु,  छोरा रितेन्द्र बडु,  रिता बडु र गाडी चालक छुनिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।  

घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको  जनाइएको छ । अन्य घाइतेको अवस्था मध्यम रहेको छ ।  दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । 

गाडीमा दुई जना महिला र चार जना पुरुष गरी छ जना रहेको जनाइएको छ । घाइतेलाई उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ । दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan