Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस-एएफपी)

जेनेभा, २ भदौ : विश्वका १० मध्ये चारवटा स्वास्थ्य सेवा संस्थाले मात्र बिरामी तथा स्वास्थ्यकर्मीका लागि आवश्यक आधारभूत सरसफाइ मापदण्ड पूरा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११ प्रतिशत स्वास्थ्य संस्थामा सरसफाइ सेवा नै उपलब्ध छैन ।

डब्लुएचओ र युनिसेफको प्रतिवेदनले पहिलोपटक स्वास्थ्य सेवा संस्थामा आधारभूत सरसफाइ सेवाको विश्वव्यापी अवस्था मापन गरेको हो । सन् २०२५ का लागि गरिएको अनुमानमा केवल ४० प्रतिशत स्वास्थ्य संस्थामा बिरामी तथा कर्मचारीका आवश्यकता पूरा गर्ने, पहुँचयोग्य र प्रयोग गर्न मिल्ने शौचालय रहेको पाइएको छ ।

आधारभूत सरसफाइ मापदण्ड पूरा गर्न कर्मचारीका लागि छुट्टै कम्तीमा एउटा शौचालय, महिनावारी स्वच्छताका सुविधासहित कम्तीमा एउटा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय तथा सीमित गतिशीलता भएका व्यक्तिका लागि पहुँचयोग्य कम्तीमा एउटा शौचालय हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सत्तरी देशको तथ्याङ्कमा आधारित प्रतिवेदनले स्वास्थ्य संस्थामा सरसफाइ सेवाको अवस्था क्षेत्रअनुसार निकै फरक रहेको देखाएको छ ।

उपसहारा अफ्रिकाका केवल २३ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत सरसफाइ सेवा उपलब्ध गराएका छन् भने मध्य तथा दक्षिण एसियामा यस्तो सेवा उपलब्ध गराउने संस्थाको हिस्सा ५५ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार विश्वभर १० मध्ये एकभन्दा बढी स्वास्थ्य संस्थामा कुनै प्रकारको सरसफाइ सेवा छैन । यस्ता संस्थाले करिब ९३ करोड ६० लाख मानिसलाई स्वास्थ्य सेवा प्रदान गर्ने गरेका छन् ।

सरसफाइबाहेक प्रतिवेदनले स्वास्थ्य संस्थामा सुरक्षित खानेपानी, स्वच्छता, वातावरणीय सफाइ तथा स्वास्थ्य सेवा फोहोर व्यवस्थापनको अवस्थासमेत मूल्याङ्कन गरेको छ ।

सन् २०२५ मा विश्वका करिब ८५ प्रतिशत स्वास्थ्य संस्थामा आधारभूत खानेपानी सेवा, ७२ प्रतिशतमा आधारभूत स्वच्छता सेवा र ७१ प्रतिशतमा स्वास्थ्य सेवा फोहोर व्यवस्थापनका आधारभूत सुविधा रहेको पाइएको छ ।

वातावरणीय सफाइको अवस्था भने अझ कमजोर देखिएको छ । केवल ५९ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत वातावरणीय सफाइ मापदण्ड पूरा गरेका छन् । यसका लागि निश्चित सफाइ प्रक्रिया तथा त्यसमा तालिमप्राप्त कर्मचारी आवश्यक पर्ने र सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा यसको महत्त्वपूर्ण भूमिका रहने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार करिब एक अर्ब ५० करोड मानिसलाई सेवा प्रदान गर्ने १८ प्रतिशत स्वास्थ्य संस्थाले वातावरणीय सफाइका कुनै पनि आधारभूत आवश्यकता पूरा गरेका छैनन् । यससम्बन्धी निष्कर्ष ५४ देशको तथ्याङ्कमा आधारित छ ।

गरिब तथा विकासका दृष्टिले पछाडि परेका देशमा स्वास्थ्य संस्थाको सरसफाइ अवस्था अझ कमजोर रहेको पाइएको छ । विश्वका अति कम विकसित राष्ट्रमा केवल २४ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत वातावरणीय सफाइ मापदण्ड पूरा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका स्वास्थ्य तथा बालसम्बन्धी निकायले स्वास्थ्य संस्थामा सरसफाइ, खानेपानी र फोहोर व्यवस्थापनको कमजोर अवस्थाले बिरामी त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan