Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस/एपी)

जर्मनीको कोब्लेन्ज जिल्ला अदालतमा मङ्गलबार सुरु भएको सुनुवाइका क्रममा ८१ वर्षीय एक वृद्धले सन् १९९४ मा अमेरिकी पर्यटकको यौन दुव्र्यवहारपछि हत्या गरेको स्वीकार गरेका छन् ।

    जर्मनीको गोपनीयतासम्बन्धी कानुनका कारण नाम सार्वजनिक नगरिएका ती व्यक्तिले २४ वर्षीया अमेरिकी पर्यटक एमी लोपेजको हत्या गरेको स्वीकार गरेका हुन् । उनका वकिल भोल्कर क्लाइनले सुनुवाइका क्रममा अपराधको पूर्ण स्वीकारोक्ति प्रस्तुत गर्नुभएको थियो । मुख्य न्यायाधीश रूपर्ट स्टेहलिनले प्रतिवादीलाई स्वीकारोक्ति सत्य हो कि होइन भनेर सोध्दा उनले सहमति जनाएका थिए ।

    सरकारी वकिलका अनुसार सन् १९९४ सेप्टेम्बर २६ मा कोब्लेन्ज भ्रमणमा रहनुभएकी लोपेजलाई ती व्यक्तिले झुक्याएर एहरेनब्रेटस्टाइन किल्लाको एकान्त स्थानमा लगेका थिए । त्यहाँ उनले लोपेजमाथि यौन दुव्र्यवहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।

    लोपेजको शव घटनाको केही समयपछि नजिकै खेलिरहेका बालबालिकाले फेला पारेका थिए । लामो समयसम्म अनसुल्झिएको उक्त घटनाको अनुसन्धान नयाँ प्रविधिबाट पुरानो डीएनए पुनः विश्लेषण गरेपछि अघि बढेको हो । अनुसन्धानका क्रममा घटनास्थलमा भेटिएको डीएनए प्रतिवादीसँग मेल खाएको पाइएको जर्मन समाचार संस्था डिपिएले जनाएको छ ।

    प्रतिवादीलाई गत फेब्रुअरीको अन्त्यतिर कोब्लेन्ज क्षेत्रको एक स्याहार केन्द्रबाट पक्राउ गरिएको थियो । उनी त्यसयता पुर्पक्षका लागि थुनामा छन् ।

    मुद्दाको सुनुवाइका लागि आठ दिन तोकिएको छ भने आगामी सेप्टेम्बरमा फैसला आउने अपेक्षा गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan