Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटन व्यवसायमा एआई प्रविधिको उपयोग बढाउन तालिम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)

काठमाडौँ, २ भदौः पर्यटन क्षेत्रका व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको छ । सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरर्स (सोट्टो) ले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त पहल दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोगमा दुईदिने कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तालिम प्रदान गरेको हो ।

    सोमबार र आज सञ्चालन भएको तालिममा पर्यटन क्षेत्रका ३३ जना प्रतिनिधिको सहभागिता थियो । तालिममार्फत सहभागीलाई पर्यटन व्यवसाय तथा पेसागत कार्यमा ‘जेनरेटिभ एआई’ ( पाठ/लेख, तस्बिर, श्रव्यदृश्य, सङ्गीत वा कोड आफैँ सिर्जना गर्न सक्छ) प्रभावकारी प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    तलिममा डिजिटल मार्केटिङ तथा पर्यटन प्रवर्द्धन, एआईमार्फत सामग्री निर्माण, व्यवसायिक सञ्चार तथा लेखन, कार्यक्षमता र उत्पादकत्व वृद्धि, ग्राहक सेवासुधार तथा पर्यटन व्यवसायमा एआईका व्यावहारिक प्रयोगहरू समावेश गरिएको थियो ।

    कार्यक्रममा सोट्टो नेपालका अध्यक्ष मानबहादुर शाहीले एआईसम्बन्धी ज्ञानले पर्यटन व्यवसायीलाई व्यवहारिक तथा प्रभावकारी पर्यटन योजना निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता, तालिम आगामी दिनमा लुम्बिनी र जनकपुरमा समेत सञ्चालन गरिने उहाँले बताउनुभयो ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले एआई आजको महत्वपूर्ण प्रविधि भएको उल्लेख गर्दै पर्यटन क्षेत्रमा यसको प्रयोगले सेवा गुणस्तर अभिवृद्धि हुने बताउनुभयो । उहाँले पर्यटन व्यवसायीलाई नयाँ प्रविधिसँग अभ्यस्त भई पर्यटन सेवामा नवप्रवर्तन ल्याउन आग्रह गर्नुभयो । 

    दिगो र प्रविधिमैत्री पर्यटन विकासका लागि यस्ता तालिमले पर्यटन क्षेत्रका व्यवसायी तथा पेसाकर्मीको क्षमता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan