Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार |

काठमाडौँ, ४ भदौः नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बिहान ११ः०० बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समितिका सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो ।

    यसैगरी कांग्रेसको आगामी असोज १६ गतेदेखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनका सन्दर्भमा जिल्ला निर्वाचन अधिकृतसँगको ‘भर्चुअल’ बैठक गर्ने सचिव थापामगरले बताउनुभयो ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिकाबमोजिम विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतसँगको यही भदौ ६ गते भर्चुअल बैठक गर्ने समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan