Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारत र जापानबीच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस/एएफपी)

भारत र जापानबीच समुद्री सहयोगसहित सुरक्षा सम्बन्ध सुदृढ बनाउने बिषयमा सहमति भएको छ । 

नयाँ दिल्लीमा दुवै देशका रक्षा मन्त्रीहरूको बिहीबार बसेको बैठकमा सुरक्षा सम्बन्ध सुदृढ बनाउने सहमति भएको हो । 

भारतका रक्षा मन्त्री राजनाथ सिंह र उहाँका जापानीसमकक्षी सिन्जिरो कोइजुमीबीचको वार्तापछि उहाँहरूले समुद्री सुरक्षा सहयोगसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको उल्लेख बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गरिएको छ ।

दुवै देश संयुक्त राज्य अमेरिका र अस्ट्रेलियासँगै तथाकथित क्वाड सुरक्षा गठबन्धनका सदस्य हुन्। यो समूहलाई हिन्द महासागर र फराकिलो एशिया–प्रशान्त क्षेत्रमा चीनको विस्तारित उपस्थितिलाई सन्तुलनमा राख्ने प्रयासका रूपमा हेरिन्छ ।

“दुवै मन्त्रीहरूले स्वतन्त्र र खुला इन्डो–प्यासिफिक रणनीति साकार पार्न रक्षा सहयोगलाई अझ गहिरो बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍ याए,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

“यस्तो सहयोग जापान र भारतका लागि मात्र होइन, क्षेत्र र अन्तर्राष्ट्रिय समुदायका लागि पनि अत्यन्त महत्त्वपूर्ण छ ।”

नयाँ दिल्लीले टोकियोको पूँजी र प्रविधिलाई  व्यापकरूपमा आकर्षण गर्न चाहेको छ, जसले भारतलाई घरेलु सैन्य हार्डवेयर उद्योग निर्माण गर्ने प्रयासमा सहयोग पुर्‍याउने विश्वास भारतको छ। 

विज्ञप्तिमा भनिएको छ, “दुवै देशले नौसेना जहाज निर्माण र डिजाइनमा संयुक्त विकासको अन्वेषण गर्नुपर्छ । यसमा टोकियोको प्राविधिक विशेषज्ञता र नयाँ दिल्लीको ‘मेक इन इन्डिया’ पहलअन्तर्गतको उत्पादन क्षमतालाई संयोजन गर्नुपर्छ ।

कोइजुमीको यो भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाईमा जापानी समकक्षी सानाए ताकाइचीलाई आयोजना गरेपछि आएको हो । त्यस बेला उनीहरूले चीनको प्रभुत्व रहेको महत्वपूर्ण खनिज क्षेत्रमा अझ नजिकबाट सहकार्य गर्ने सहमति जनाएका थिए ।

त्यस बैठकपछि ताकाइचीले जापान र भारत ‘अर्थतन्त्रको हतियारीकरण तथा गैर–बजार नीति र अभ्यास’ जस्ता चुनौतीहरूको सामना गरिरहेका चेतावनी दिनुभएको थियो । 

चीनको विदेश मन्त्रालयले मोदी र ताकाइचीको बैठकपछि टिप्पणी गर्दै भनेको थियो, “अन्तर्राष्ट्रिय सहयोगले ‘तेस्रो पक्षको हितलाई निशाना बनाउनु वा हानि पु¥याउनु हुँदैन । यसलाई विशेष समूह बनाउने वा द्वन्द्व बढाउने बहानाका रूपमा प्रयोग गर्नु हुँदैन।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan