Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘कानुनअनुसार माग गरिएका सूचना दिन संसदीय समितिमा छलफल गर्नु नपर्ने’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस)
newsabhiyan

काठमाडौँ, ५ भदौः सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नै रीतपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्ता विषयमा संसदीय समितिमा छलफल गर्नु नपर्नेमा सांसदहरुले जोड दिएका छन् । 
  
संसदीय सुनुवाइ समिति (संयुक्त) को आजको बैठकमा सूचना माग गरिएको सम्बन्धमा छलफल गर्ने प्रस्ताव राखिएपछि सांसदहरुले कानुनले तोेकेको विषयमा समितिले छलफल गर्नु नपर्ने भन्दै माग भएको सूचना दिन सूचना अधिकारीलाई निर्देशन दिन माग गरेका हुन् ।

बैठकमा सांसद वर्षमान पुनले कानुनले नै भनेको विषयलाई संसदीय समितिले निर्देशन दिनु नपर्ने बताउनुभयो । यस्ता विषयलाई समितिमा छलफलको प्रस्ताव राख्न नहुने पनि उहाँको भनाइ थियो । 
 
बैठकमा सांसदहरु कविन्द्र बुर्लाकोटी, नरबहादुर विष्ट, प्रेमप्रसाद दङ्गाल, पद्माकुमारी अर्याल, मधुकुमार चौलागाईंलगायतले समितिको कार्य क्षेत्रबाहेकको उजुरीका विषयमा समितिमा छलफल गरिनु नहुने बताउनुभएको थियो । दोहोरिएर आएका विषयमा पनि समितिले फेरि छलफल नराख्न उहाँहरुले माग गर्नुभयो । 
 
समिति सभापति बोधनारायण श्रेष्ठले माग भएको सूचना दिन सचिवालयलाई निर्देशन दिनुभयो । आजको बैठकमा समितिको कार्यक्षेत्रका रुपमा तोकिएका विषयमा भदौ तेस्रो साता विज्ञबाट अभिमुखीकरण गरी प्रष्ट पारिने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan