Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चामे–बेँसीसहर सडक अवरुद्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस)
newsabhiyan

मनाङ, ५ भदौः हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) को सडक चामे–बँेसीसहर सडक अवरुद्ध भएको छ ।

नासोँ गाउँपालिका–३ खोत्रो पाखामा सडक भासिएर उक्त सडक अवरुद्ध भएको हो । 
    
सडक भासिदा पूर्ण रुपमा चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो ।

“वर्षायाममा पहाडी क्षेत्र जोखिम हुनुका साथै भासिने र बाढीपहिराले अवरुद्ध हुने गरेको छ”, उहाँले भन्नुभयो, “भासिएको सडक खुलाउन उक्त क्षेत्रमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी पुगिसकेका छन् ।”
    
मनाङको एक मात्र लाइफलाइन रहेको उक्त सडकमा यात्रा गर्नेहरुले कहिले लमजुङको पहिरो त कहिले मनाङको पहिरोका कारण सास्ती भोग्नु परेको स्थानीय देवेन्द्र गुरुङले बताउनुभयो । “मनाङी त सधैँ सास्तीमा रहनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । 
    
क्षमताभन्दा धेरै भार भएका गाडीका कारण पनि यो सडक भासिएको हुनसक्ने स्थानीय पासाङ लामाले बताउनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan