Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)
newsabhiyan

काठमाडौँ, ८ भदौः महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै दोषीलाई कठोर सजायको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरूले हिंसाका घटना बढिरहेकाले त्यस्तो व्यवस्था अपरिहार्य भएको बताउनुभयो ।

साथै,उहाँहरूले सडक सुरक्षा, महिला तथा बालिकामाथि हुने हिंसा रोक्ने, विदेशमा मृत्यु भएकाको शव स्वदेश ल्याउने  तथा विपद्पीडितलाई तत्काल राहत उपलब्ध गराउने विषयमा  सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ऐनबहादुर महरले सवारी चालक तथा साधनको लापरबाहीका कारण नागरिकले अकालमै ज्यान गुमाइरहेको बताउँदै सडक सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

सांसद विपिनकुमार आचार्यले विदेशमा रहेका नेपालीलाई अतिजरुरी काममा स्वदेश आउने व्यवस्था मिलाउन  सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । 


सांसद प्रमिलाकुमारी गच्छदारले महिला सुरक्षासम्बन्धी ऐनकाुनन अविलम्ब सदनमा प्रस्तुत गर्न तथा बालिकाको सुरक्षाको प्रत्याभूतिको माग गर्नुभयो । 

सांसद टीका सङ्ग्रौलाले विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन समस्या भएकाले सरकार संवेदनशील भएर यो समस्या सधैँका निम्ति समाधान गर्नेतर्फ लाग्न सुझाउनुभयो । 

सांसद मनिष झाले जनकपुरमा पोखरी अतिक्रमण हटाउने प्रयास जारी रहेको बताउँदै सबै किसिमका अतिक्रमणलाई हटाउनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरू श्रद्धा कुँवर, बालावती शर्मा, सन्तोष राजवंशी, खड्कबहादुर बुढाले, शाहजान खातुन, भरतबहादुर खड्का, प्रेमबहादुर बयेक, साजिदा खातुन सिद्धिकी, प्रकाश पाठक, नीनु कुमारी कर्ण, प्रमिला कुलुजु, रविन महतो, हरिमोहन भण्डारी र सोम शर्माले पनि बालिका हत्याको विषयमा निष्पक्ष छानबिन र कडा कारबाही तथा अन्य समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan