Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस-एएफपी)

तेहरान, ८ भदौ : इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको भन्दै त्यसलाई ‘गैरकानुनी’ कदम भनेको छ ।

मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले सोमबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले चालेको कानुनी कदमको जवाफमा फ्रान्सले गरेको निर्णयले दुई देशबीचको सम्बन्ध सुधारमा कुनै योगदान नगर्ने बताउनुभयो ।

“इरानको कानुनी कदमको जवाफमा फ्रान्सले चालेको कदम गैरकानुनी हो र यसले द्विपक्षीय सम्बन्धमा कुनै पनि हिसाबले मद्दत गर्दैन,” उहाँले भन्नुभयो ।

बाकायीले गत साता जुलाईमा इरानको आन्तरिक मामिलामा ‘हस्तक्षेप’ गरेको आरोपमा छोटो समयका लागि पक्राउ परेका दुई फ्रान्सेली कूटनीतिज्ञलाई इरान फर्कन अनुमति नदिइने बताउनुभएको थियो ।

त्यसको प्रतिक्रियामा फ्रान्सका विदेशमन्त्री जाँ–नोएल बारोटले फ्रान्समा रहेका दुई इरानी कूटनीतिज्ञलाई आगामी दिनमा निष्कासन गरिने घोषणा गर्नुभएको थियो ।

बारोटका अनुसार गत महिना तेहरानमा छोटो समयका लागि हिरासतमा लिइएका फ्रान्सेली कूटनीतिज्ञमाथि भएको असह्य व्यवहारको जवाफस्वरूप फ्रान्सले यस्तो कदम चालेको हो ।

उहाँले ती कूटनीतिज्ञलाई इरानी अधिकारीले ‘कूटनीतिक उन्मुक्तिको गम्भीर उल्लङ्घन’ गर्दै निशाना बनाएको बताउनुभएको थियो । उनीहरूले इरानको सुरक्षा निकायबाट अत्यन्त गम्भीर प्रकृतिको धम्कीपूर्ण व्यवहार समेत सामना गर्नुपरेको उहाँको भनाइ थियो ।

यसअघि बाकायीले फ्रान्सेली कूटनीतिज्ञहरूको गतिविधिका लागि पेरिसले माफी माग्नुपर्ने बताउनुभएको थियो । उहाँका अनुसार ती गतिविधिले कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिको उल्लङ्घन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan