एक असईसहित यी १२ प्रहरीको जागिर हटाउने तयारी (नामसहित)
काठमाडौं, १० भदौ । नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) सहित १२ प्रहरीलाई सेवाबाट हटाउने तयारी गरिएको छ ।
प्रहरी प्रधान कार्यालयअन्तर्गतको कानुन शाखाले बुधबार सूचना जारी गर्दै असई खड्गबहादुर गुरुङसहित १२ प्रहरीसँग स्पष्टीकरण माग गरेको हो ।
स्पष्टीकरण माग गरिएकामा गुरुङसहित एक जना प्रहरी हबलदार, पाँच जना प्रहरी सहायक हबलदार र पाँच जना प्रहरी जवान रहेका छन् ।
उनीहरू लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयले प्रकाशित सूचनाको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
तोकिएको अवधिभित्र स्पष्टीकरण पेस नगरेमा वा पेस गरिएको स्पष्टीकरण सन्तोषजनक नभएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ।
.jpg)
