Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घाइतेको उद्धारका लागि काठमाडौँ महानगरद्वारा ६  एम्बुलेन्स परिचालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)

काठमाडौँ, १० भदौः काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण घाइते भएका बिरामीलाई तत्काल अस्पताल पु¥याउन ‘इमर्जेन्सी मेडिकल टेक्निसियन’सहित ६ वटा एम्बुलेन्स परिचालन गरेको छ ।

    महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । परिचालन गरिएकामध्ये चारवटा एम्बुलेन्स नुवाकोटको विदुर नगरपालिकामा परिचालन गरिएको महानगरले जनाएको छ । 

    त्यसैगरी, बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइने बिरामीको सहज उपचारका लागि दुईवटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ । विपद्को यस समयमा बिरामी वा घाइतेलाई अस्पताल पु¥याउन एम्बुलेन्स आवश्यक परेमा तत्काल १०२ मा फोन गर्न महानगरपालिकाले सबैमा अनुरोध गरेको छ । उक्त एम्बुलेन्समा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरिएकाले अस्पताल लैजाँदै गर्दा बाटोमा आवश्यक पर्ने आकस्मिक उपचार समेत उपलब्ध हुने महानगरले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan