राहत र उद्धारका लागि ताराखोलाको दुई लाख सहयोग
बागलुङ, १० भदौः ताराखोला गाउँपालिकाले भोटेकोशी नदीको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि रु दुई लाख सहयोग गर्ने भएको छ ।
भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि ताराखोला गाउँपालिकाले रु दुई लाख सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो ।
ताराखोला गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले भोटेकोशी गएको बाढीबाट नुवाकोट र रसुवा जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल सहयोग पठाउने निर्णय गरेको हो । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित विपद् व्यवस्थापन कोषमा प्रति जिल्ला रु एक लाखका दरले रकम जम्मा गर्ने निर्णय गरेको अध्यक्ष विकले बताउनुभयो ।
