Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, २ भदौः  मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरिएको छ । 

निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस  विज्ञप्ति जारी गर्दै उक्त आग्रह गर्नुभएको हो ।

आयोगले बेला बेलामा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमितरूपमा मतदाता नामावली अद्यावधिकको कार्य गर्दै आइरहेको छ ।  

मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ ।  

मतदाता नामावलीलाई अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताको आधार हो । विज्ञप्तिमा भनिएको छ ।  गत फागुन २१ गतेको निर्वाचन पछि गत चैत २२ गतेबाट मतदाता नामावली सङ्कलन तथ अद्यावधिक कार्य सञ्चालन हुँदै आएको छ ।

राष्ट्रिय परिचयपत्र भएकाले सोको आधारमा मतदाता नामावलीमा अनलाइन प्रणालीमार्फत नाम दर्ता गर्न सक्ने प्रावधान छ । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्छ ।

मतदाता नामावलीमा नाम, थर तथा ठेगाना सच्याउने, एउटै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको अवस्थामा मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभएमा नागरिकताअनुसार सच्याउने तथा दोहोरो नाम हटाउनेलगायतका काम अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan