Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |
newsabhiyan

काठमाडौं, २ भदौ  : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने बर्दिया बासगढी नगरपालिका-५ घर भएकी २९ वर्षीया रेश्मा क्षेत्री र काठमाडौं शंखरापुर नगरपालिका-८ बस्ने ५० वर्षीय रंजित केसी रहेका छन् । 

पक्राउ मध्ये रेश्माले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ र रंजितले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रेश्मालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट आइतबार र रंजितलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan