Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | टेकबहादुर बुढा/रासस
newsabhiyan

बाजुरा, २ भदौः मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक निर्माण सुरु भएको २७ वर्ष बितिसक्दासम्म निर्माण पूरा भएको छैन 

उक्त सडक विंस २०५६ देखि सुरु भएको हो । प्रदेश गौरवका रुपमा रहेको उक्त सडक निर्माण कम्पनीले समयमै काम नगर्दा आयोजना अलपत्र परेका हो । सडक निर्माण एवं स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको छ ।

काममा ढिलाइ हुँदा विनियोजित बजेट पूर्णरूपमा खर्च हुन नसकी हरेक वर्ष फिर्ता गएको हो । विनियोजन भएको  बजेटमध्ये रु ३३ करोड फिर्ता गएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय, अछामका प्रमुख जङ्गबहादुर थापाले आर्थिक वर्ष २०८२÷८३ मा मार्तडी–कोल्टी सडकमा रु २० करोड र खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने सडकमा रु १३ करोड ५० लाख रकम काम नभई फिर्ता गएको जानकारी दिनुभयो । 

मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा बानियाँ निर्माण सेवाले पाएको थियो ।  “गत वर्ष मात्र होइन, अघिल्ला वर्षमा समेत ठेकेदारको ढिलासुस्तीका कारण बजेट फिर्ता हुन्थ्यो ।”, उहाँले भन्नुभयो , आर्थिक वर्ष २०८१÷८२ मा उक्त सडकका लागि रु १५ करोड बजेट विनियोजन भएको थियो । 

जिल्लाको अर्को प्रदेश गौरवको सडक खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने  सडकका लागि रु १६ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । तर, २०७८ चैत १६ गते ठेक्का सम्झौता गरेको के.एस.एम.के.बि.सी÷तेज जेभी, धनगढी कैलालीले आर्थिक वर्षभरिमा करिब दुई करोड ५० लाख बराबरको काम गरेकाले बाँकी बजेट फिर्ता गएको छ ।  

मार्तडी–कोल्टी सडकअन्तर्गत चुथीदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्न २०७७ असारमा ठेक्का सम्झौता गरिएको थियो । पीएस बानियाँ निर्माण सेवाले रु ५० करोड १७ लाखमा ठेक्का प्राप्त गरी तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । 

मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडकको कूल लम्बाई   ४१ किलोमिटर छ । ४१ किमी  सडकका निर्माण पुरा गर्न  रु ९८ करोडमा लागत  टेन्डर आह्वान  गरिएको थियो । हालसम्म  ५० प्रतिशत  काम भएको छ । 

यो सडकको २६ किलोमिटर बाहेक मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि रु ५८ करोड बजेट विनियोजन भएको थियो । पहिलो खण्डअन्तर्गत मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडकमा धेरै काम सम्पन्न भए पनि चुथीदेखि ढम्कनेसम्मको छ किलोमिटर कालोपत्र गर्ने काम अधुरो छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan