Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खोरसोरमा गोविन्देको त्रास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |

चितवन, २ भदौः सौराहाको खोरसोरमा ‘गोविन्दे’ ले त्रास फैलाएको छ । 

    गोविन्दे मत्ता हाती हो । ढोइको खोजीमा खोरसोर छिरेकाले गोविन्देले त्रास फैलाएको हो । सौराहाको खोरसोर हात्ती प्रजनन केन्द्रमा दुई सातादेखि जङ्गली हात्ती ढोइ डुलिरहेको हात्तीसारका प्रमुख मणिपुरण चौधरीले बताउनुभयो ।

भाले तथा वयस्क हात्तीलाई मत्ता र पोथी हात्तीलाई ढोइ भनिन्छ । हात्ती चराउन जङ्गल लगेपछि गोविन्दे अरु हात्तीसँग जाने र जङ्गलबाट फर्किएपछि प्रजननका लागि पोथी हात्ती कुरेर बस्ने गरेको त्यहाँका माउतेहरुले राससलाई बताउनुभयो । 

    गोविन्देका कारण हात्ती र छावालाई राम्रोसँग चर्न र हिँडडूल गर्नसमेत अवरोध भएको उहाँहरुले जानकारी दिनुभयो ।  हालसम्म गोविन्देले आठ जना मान्छेको ज्यान लिइसकेको छ । गोविन्देले यसअघि दुधौरा पोष्टमा कार्यरत नेपाली सेनालाई आक्रमण गरेको थियो । मात लागेको हात्ती सधैँ ढोइ कुरेर बस्छ । खोरसोरमा नौ वटा माउ र सात वटा छावा रहेका छन् । यहाँ जङ्गली हात्ती पालैपालो आउने गरेका छन् । 
यसअघि रोनाल्डो सुनाचुरी तिर, ध्रुर्वे सुखिभार तिर र अहिले देखिएको गोविन्दे खोरसोरमा छ । यसअघि  मकुना हात्ती मरेपछि अरु हात्ती पालैपालो आउने गरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार ध्रुर्वेले २५ जना र रोनाल्डोले २२ जनाको ज्यान लिइ सकेको छ ।  खोरसोरका हात्तीलाई जङ्गली हात्तीले प्रजनन गरेर छावा  जन्मने गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan