Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टिकट बिक्रीबाट १३ लाख ३६ हजार सङ्कलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)

बागमती, २ भदौः हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा रु १३ लाख ३६ हजार ५८० सङ्कलन गरेको छ । 

स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण र ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो । हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका ९ः०० बजेसम्म स्मारक खुला हुने गरेको लेखा अधिकृत आशिष विडारीले राससलाई जानकारी दिनुभयो । 

घुम्न आउने विद्यार्थीका लागि रु ३०, सर्वसाधारणका लागि रु ५०, सार्क राष्ट्रका लागि रु १०० र अन्य पर्यटकका लागि रु १५० शुल्क निर्धारण गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan