Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वन अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)

महोत्तरी, २ भदौः वनक्षेत्र उजाडेर अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही गरिने भएको छ । 

डिभिजन वन कार्यालय, महोत्तरीले सागरनाथ वन विकास परियोजनाको दुई नम्बर प्लटका रुख काट्ने र रुखको फेदमा विषादी प्रयोग गरी रुख मार्ने विरुद्ध कडा कारबाही गर्न लागिएको हो ।  वरिष्ठ वन अधिकृत अजय मिश्रले १९५ वटा टिक  जातका रुख र उक्त रुखको जरामा विषादी प्रयोग गरेको अनुसन्धानबाट बुझिन आएकाले वन माफिया खोज्न अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

अनुसन्धानबाट वन फडानी गर्न परिचालन भएको  पहिचान नजिक पुगेका रेञ्जपोष्टका प्रमुख प्रेम उपाध्यायले जानकारी दिनुभयो । “हामीले घटनाको सुक्ष्म अनुसन्धान गरेका छौँ, वनका बिरुवा काट्ने र फेदमा विषादी हालेर जरासमेत  डढाउनेहरुबारे जानकारी भएको छ”, उपाध्याय भन्नुहुन्छ, “हामी प्रतिवेदन लेखन टुङ्ग्याउँदैछौँ, यो प्रतिवेदन डिभिजन वन कार्यालय पुग्नासाथ कारबाही सुरु हुन्छ ।” 

परियोजनाको बर्दिवास रेञ्जपोष्टको प्रतिवेदनका आधारमा मुद्दा डिभिजन वन कार्यालयले चलाउने उपाध्यायले स्पष्ट पार्नुभयो । बर्दिवास नगर कार्यपालिकाको कार्यालयले पर्ति जग्गा भोगचलन गर्दै आएकाहरुलाई सेतो निस्सा दिने घोषणा गरेबीच वन उजाडेर आफ्नो भोग देखाउन यस प्रकारको अपराध गरेको हुनसक्ने आशङ्का यहाँका स्थानीयले गरेका छन् ।  
 
घटनामा सामेल हुनेलाई अनुसन्धान गरी कडा कारबाही हुने बर्दिवास–२ का वडाध्यक्ष श्यामराजा सिंह बताउनुहुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan