Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘संविधान संशोधनमा नागरिकको अपनत्व जोडिनुपर्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)

ललितपुर, २ भदौः नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संविधान संशोधन गम्भीर विषय भएकाले नागरिकको अपनत्व, अधिकार, प्रतिनिधित्व र राज्यप्रतिको विश्वास जोडिनुपर्ने बताउनुभएको छ ।

    यही साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विसं २०७२ मा संविधानसभाबाट जारी नेपालको संविधान जनताले निरन्तर गरेको लोकतान्त्रिक सङ्घर्ष र जन आकांक्षाको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो । 

    कांग्रेस संविधान निर्माणको प्रमुख नेतृत्वकर्ता शक्ति भएकाले यसको रक्षा गर्ने, कार्यान्वयन गर्ने र समयसापेक्ष आवश्यक परिमार्जन गर्ने कार्यप्रति त्यति नै जिम्मेवार हुनुपर्नेमा उहाँको जोड थियो ।

    कांग्रेस केन्द्रीय समितिको २०८३ श्रावण २४ देखि भदौ १ सम्म पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मुलुकको समसामयिक राजनीतिक परिस्थिति, आर्थिक तथा सामाजिक व्यवस्था, जनताको दैनिक जीवनसँग जोडिएका विषयमा छलफल गरेको थियो ।
 
    प्रवक्ता चालिसेका अुनसार पार्टीका नीतिगत तथा सङ्गठनात्मक निर्णय, सरकारको ध्यानाकर्षण र जनताप्रतिको उत्तरदायित्वका लागि गरिएका आग्रह र राष्ट्रिय तथा समसामयिक राजनीतिक विषयमा पार्टीको स्पष्ट धारणाका साथै, राष्ट्रिय जीवनका महत्त्वपूर्ण विषयमा कांग्रेसले आफ्नो नीति, दृष्टिकोण र आगामी राजनीतिक दिशासमेत स्पष्ट गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan