Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापामा विपद्का २५ घटना, ३४ लाखको क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | रासस

 भद्रपुर (झापा), ४ भदौः झापामा गत साउनमा बाढी, पहिरो, आगलागी, चट्याङ तथा जङ्गली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना भएका छन् ।  ती घटनाका कारण रु ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार साउनभर भएका विभिन्न विपद्का घटनामा परी दुई जना घाइते भएका छन् भने तीन जनाको सकुशल उद्धार गरेको छ ।

    प्रहरीका अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन् । विभिन्न स्थानमा भएका पाँचवटा आगलागीका कारण रु १९ लाख ३० हजार बराबरको धनमाल क्षति भएको छ । त्यसैगरी, जङ्गली जनावरको आक्रमणका १७ वटा घटना दर्ता भएका छन् । आक्रमणबाट दुई जना घाइते भएका छन् ।

    यस्तै, चट्याङका घटनामा परी रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक अवालेले मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्लाभर प्रहरी जनशक्तिलाई उच्च सतर्क अवस्थामा राखिएको बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan