Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | (रासस)

पाटन (ललितपुर), ६ भदौः नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरि स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ ।

    स्व प्रदीप गिरिको चौथो स्मृतिको अवसरमा आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा पार्टी सभापति गगनकुुमार थापाले अध्ययनका चार प्रमुख क्षेत्रमा चार जनालाई सो फेलोसिप प्रदान गर्ने घोषणा गर्नुभयो ।

    “अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिनेछ, पहिलो नेपाली राजनीति, गणतन्त्र र सङ्घीयता, दोस्रो समावेशिता र सामाजिक न्याय, तेस्रो साहित्य, दर्शन र विचारको इतिहास र चौथो विषय युवा नेतृत्व, नागरिक शिक्षा र लोकतान्त्रिक नवप्रवर्द्धन रहनेछन्”, सभापति थापाले भन्नुभयो ।

    सभापति थापाले प्रदीप गिरिलाई सम्झनु भनेको केवल उहाँका विचारहरू स्मरण गर्नु मात्रै होइन भन्दै स्व गिरिले जीवनभर रोज्नुभएको अध्ययन, प्रश्न, विचार र सामाजिक न्यायको बाटोलाई निरन्तरता दिनु पनि हो भन्ने भावनाका साथ हामी ‘प्रदीप गिरि स्मृति फेलोसिप’ सुरु गरिएको जानकारी गराउनुभयो ।

    ‘‘प्रदीप गिरिका लागि अध्ययन र लेखन जीवनका अभिन्न हिस्सा थिए, समाजको सबैभन्दा कमजोर, सीमान्तकृत र पछाडि पारिएका नागरिकको पक्षमा निर्भीकतापूर्वक उभिने उहाँको प्रतिबद्धता त्यत्तिकै महत्त्वपूर्ण थियो, यिनै दुई मूल भावनालाई केन्द्रमा राखेर हामीले यो फेलोसिपलाई विचार, अध्ययन र अनुसन्धान तथा कर्म, न्याय र अभियानु गरी दुई आधारमा अघि बढाएका छौँ’’, सभापति थापाले भन्नुभयो । उहाँले कुनै विचारकप्रति सबैभन्दा सार्थक श्रद्धाञ्जली उहाँका विचारलाई स्मारकमा मात्र सीमित गर्नु होइन भन्दै नयाँ पुस्तालाई ती विचारसँग संवाद गर्ने, तिनलाई प्रश्न गर्ने र अझ अगाडि लैजाने अवसर सिर्जना गर्नुभएको बताउनुभयो ।

    उपसभापति विश्वप्रकाश शर्माले प्रदीप गिरि विचारको विश्वविद्यालय भएको बताउनुभयो । “विसं २००७ देखि मन्त्री बन्नेहरूको नामावली धेरै होला, तर त्यो नामावलीमा उहाँ भेटिनु हुन्न, मन्त्री नभए पनि उहाँ धेरै मानिसले सम्झना गर्ने र सुन्ने व्यक्ति हुनुहुन्छ, संसद्मा बोलेका र कार्यक्रममा बोलेका भिडियोहरू सुन्दा पनि धेरै कुरा थाहा हुन्छ”, उपसभापति शर्माले भन्नुभयो ।

    स्व गिरिका भाइ शेखर गिरिले स्व आफ्ना दाजु प्रदीप गिरि सीमित परिवारभित्र अटाउने मानिस नभएको जिकिर गर्दै उहाँ सादगी र साहाकारी जीवनशैलीका परिवारवाद र वंशवादको विरोधी हुनुहुन्थ्यो भन्नुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan