Sunday 23rd of August | २०८३ भदौ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ, ७ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ ११ गते हुने भगवती माताको पूजाआजाका लागि त्यसतर्फ पेटारो पठाउनुभएको छ ।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज विधिपूर्वक पूजाअर्चना गरी परम्परागत विधिअनुसार पेटारोलाई बडिमालिकातर्फ पठाइएको हो ।

सुदूरपश्चिमको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बडिमालिका भगवती पूजामा प्रदेश सरकारका मन्त्री तथा अन्य सरोकार भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
 
बडिमालिकामा पूजाका लागि सरकारका तर्फबाट पेटारो पठाउने परम्परा पहिलेदेखि नै चलिआएको छ ।

पेटारोमा बडिमालिका भगवतीलाई चढाइने विशेष पूजासामग्री समावेश गरिने र सरकारी पूजा टोलीले पैदलयात्रामार्फत बडिमालिका पुगेर निर्धारित विधिअनुसार पूजा गर्ने परम्परा रहेको छ ।

बडिमालिका पुगेर डोटी, बाजुरा तथा जुम्लाबाट पुगेका सरकारी पूजा टोलीबीच समन्वय गरी मुख्य पूजामा सहभागी हुने परम्परा रहेको छ ।

यसवर्ष भदौ ११ गते बडिमालिकामा मुख्य पूजा तथा मेला रहेको छ । पछिल्लो समय दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि नै मन्दिरमा पूजा तथा मेला प्रारम्भ सुरु भइसकेको छ ।
 
पेटारो पठाउने परम्पराले बडिमालिका भगवतीप्रतिको धार्मिक आस्था मात्र नभई सुदूरपश्चिमको इतिहास, संस्कृति र मौलिक परम्परालाई समेत जीवन्त राख्दै आएको मुख्यमन्त्री भट्टले बताउनुभयो ।

राज्यस्तरबाट निरन्तरता दिइँदै आएको यो परम्परालाई प्रदेश सरकारले पनि संरक्षण र प्रवर्द्धन गर्दै आएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan