Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |
newsabhiyan

महेन्द्रनगर, ८ भदौंः मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान गौरसिंह महराको मृत्यु भएको हो ।

से ३ प ५२७४ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय  महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेदकोट नगरपालिका–९ का ४० वर्षीय गगनसिंह महराले चलाएको मोटरसाइकल अनियन्त्रित भई पैदलयात्रु डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्ना घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते महराको महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

थापाले भन्नुभयो, “मोटरसाइकल चालक छोरा र मृतक महरा बाबु÷छोरा हुन् ।” प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan