Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)
newsabhiyan

कपिलवस्तु, ८ भदौः मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ । 

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो ।

प्रबन्धक ओमशङ्कर उपाध्यायले ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ । राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको उहाँले दाबी गर्नुभयो । 

उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ । “मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो । उद्योगले हाल प्रतिलिटर रु ३६५ मा तेल बिक्री गरिरहेको छ । 

मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग स्थापनाबाट स्थानीयले रोजगारी पाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan