Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

काठमाडौँ, ८ भदौः पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव पर्यटन क्षेत्रमा सरोकार भएकाहरूले दिएका छन् । 

‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरूले पर्यटन क्षेत्रको समग्र विकासमा जोड दिएका हुन् । 

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर्गेल्जे शेर्पाले सङ्घमा दुई हजार २६० जना आरोही, मजदुर तथा पर्यटन प्रवद्र्धनमा संलग्न व्यक्ति आबद्ध रहेका जानकारी दिँदै पर्यटन क्षेत्रका  सबै समस्या सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो ।

ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले  वार्षिक तीन लाखभन्दा बढी पर्यटक पदयात्रामा जाने गरेका तथा त्यसमा तीन लाखभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाएका  बताउनुभयो ।

उहाँले पदयात्रा क्षेत्रलाई  ध्यानमा राखेर कानुन निर्माण गर्न सुझाव दिनुभयो । 

सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोहीको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।  उहाँले आरोही कोष स्थापना हुनुपर्ने बताउनुभयो । 

हिमालयन उद्धार सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले ‘फेक रेस्क्यु’अन्त्य गर्न कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, एक्सपिडिसन अपरेटरर्स एसोसिएसन नेपाललगायत पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाका प्रतिनिधिले विधेयकमाथि सुझाव दिएका थिए । 

बैठक समितिका सभापति सुम्निमा उदासको सभापतित्वमा  भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan