Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस)
newsabhiyan

जुम्ला, ९ भदौः उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । 

जुम्ला इजलासका मुख्य न्यायाधीश वसन्तराज पौडेलले गत आर्थिक वर्ष २०८२–८३ मा दर्ता भएकामध्ये ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्यौट गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, नयाँ दर्ता भएका ३२१ र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका १५ सहित ३२१ वटा मुद्दा फछ्यौट भएको छ । 

उक्त अवधिमा दर्ता भएका १५ वटा मुद्दा भने फैसला हुन बाँकी रहेको जानकारी दिइएको छ । त्यसअवधिमा थुनुवासम्बन्धी मुद्दा ११६ परेकामा ११५ वटा फछ्यौट भएको छ ।

उक्त अदालतले पुराना मुद्दालाई शून्यमा झार्ने लक्ष्य राखेको छ । 

चार जना न्यायाधीशको दरबन्दी रहेको उक्त अदालतमा हाल तीन जना कार्यरत रहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan