Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सङ्गीत, खेलकुल र चलचित्र क्षेत्र सेवा उद्योग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

काठमाडौँ, ८ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई सेवा उद्योगका रुपमा परिभाषित गरिएको स्पष्ट पार्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईको जिज्ञासाको जवाफ दिँदै उहाँले विद्यमान औद्योगिक नीति, २०६७ र औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ती क्षेत्र सेवामूलक उद्योगको वर्गमा पर्ने जानकारी गराउनुभयो । 

मन्त्री कुमारीले ती क्षेत्रलाई उद्योगका रुपमा दर्ता हुने भएता पनि उद्योग प्रवर्द्धन, विकास र नियमनसम्बन्धी कार्य सम्बन्धित निकायबाट हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “त्यसअनुसार बजेट पनि सम्बन्धित निकायमा नै विनियोजन भएको छ । आव २०८३÷८४ मा यी सेवामूलक उद्योगमा विनियोजन गरिएको बजेट सम्बन्धित मन्त्रालयगत बजेट सूचना प्रणालीबाट प्राप्त गर्न सकिनेछ ।” 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan