Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध फिल्डिङ गर्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)

काठमाडौँ, १० भदौः अस्ट्रेलियामा जारी  टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) कोमेट्सविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ ।  

अस्ट्रेलियाको नर्थन टेरिटोरीमा नेपाल ‘ए’ले ट्स जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाल ‘ए’ दोस्रो जितको खोजीमा छ । सुरुआती दुई खेलमा पराजित भएको नेपाल ‘ए’ले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो ।

त्यसअघि पहिलो खेलमा नेपाल ‘ए’ एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ‘ए’ टोलीसँग ९ विकेटले पराजित भएको थियो ।

यस्तै एसिटी भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । तीन खेल खेलेको एसिटी कोमेट्स किङ्समेनसँग ६ विकेट, भिक्टोरिया सिए–११ सँग ८ विकेट तथा एनटी स्ट्राइकसँग ६ विकेटले पराजित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan